माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।

बैंकका संचालक तथा अध्यक्ष डा. उपेन्द्र महतोले अध्यक्ष तथा संचालक पदबाट मंसिर ६ गते दिएको राजिनामा बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।