गोल्याण ग्रुपको उर्जा विभाग अन्तर्गत सञ्चालनमा रहेको अपर बलेफी जलविद्युत परियोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ। ४६ मेगावाटको सो परियोजनाको नेपाल विद्युत प्राधिकरणसँग आज पीपीए सम्झौता भएको हो ।
यस परियोजना बाग्मती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा अवस्थित बलेफी नदीमा प्रस्तावित “रन अफरिभर” (आर.ओ.आर) जलविद्युत परियोजना हो । यस विद्युत खरिद सम्झौताले देशको बढ्दो उर्जाको मागलाई सफा, भरपर्दो र नवीकरणीय उर्जाको उत्पादन तथा वितरणले सम्बोधन गर्ने प्रतिबद्धतालाई स्थायित्व दिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया