निर्जीवन बीमा कम्पनीहरुले कमाए ८९ करोड १२ लाख नाफा, कुनले कति गरे आर्जन ?

निर्जीवन बीमा कम्पनीहरुले कमाए ८९ करोड १२ लाख नाफा, कुनले कति गरे आर्जन ?



बैंकिङ्ग समाचार, काठमाडौं ।
हाल नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरीसकेका छन् ।

यस अवधिसम्ममा १३ निर्जीवन बीमा कम्पनीहरुले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ७९ करोड ८० लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको नाफा ११ प्रतिशतले बढेको हो । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा गत आवको तुनलामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.६८ प्रतिशतले बढ्न पुगेको हो ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये पहिलो त्रैमाससम्ममा ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको खुद नाफा मात्र घटेको छ भने बाँकी सबै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

साथै मर्जरमा सामेल भएपछि सिद्धार्थ प्रिमियर इन्योरेन्स पनि अब्बल बन्दै दोस्रो बढी नाफा कमाउने कम्पनी बनेको छ । कम्पनीले यस अवधिसम्म १४ करोड ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ११ करोड २४ लाख रुपैयाँ नाफा कमाउको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५ करोड ६ लाख लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सानिमा जिआईसीले ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।