गत आर्थिक वर्षमा गतिलो मुनाफा आर्जन गरेको सोल्टी होटलले लाभांश दर पनि हरेक वर्ष बढिरहेको छ । होटलले गत आर्थिक वर्ष नाफाबाट ३१.५८ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आर्थिक वर्ष भेन २६.३२ प्रतिशत वितरण गरेको थियो।
प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत मात्रै बोनस सेयर हो। बाँकी नगद दिने बताइएको छ । हाल सोल्टीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ छ। प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ४ करोड ४२ लाख रुपैयाँले बढेर ९२ करोड ८९ लाख नाघ्नेछ।
लाभांश पारित गराउन कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ। यसका लागि पुस ५ गते बुक क्लोज तय गरेको छ।
प्रतिक्रिया