सोल्टी होटलले ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा पनि आह्वान

सोल्टी होटलले ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा पनि आह्वान



बैंकिङ्ग समाचार, काठमाडौं ।
सोल्टी होटल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । होटलले गत आर्थिक वर्षको मुनाफाबाट ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । लाभांस प्रस्तावसहित सोल्टी होटलले आफ्नो ४९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मङ्सिर १ गते शुक्रबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।

यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।