ग्लोबल आइएमई बैंक १४औं वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो

ग्लोबल आइएमई बैंक १४औं वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो


बैंकिङ्ग समाचार ।

ग्लोबल आइएमई बैंक लिमिटेड  शनिबारदेखि स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा/सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको बैंकको दावी छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपियाँ (प्रस्तावित १४% बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपियाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ ।

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको बैंकको भनाइ छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जानकारी दिएको छ ।

बैंकको १४औं वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको बताए ।

उनले मर्जर तथा प्राप्तीमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

 

Global IME Bank 14th Anniversary

"Celebrating 14th years of excellence in banking service." #GIBL14thAnniversary #GlobalIMEBank #TheBankForAll

Posted by Global IME Bank Limited on Saturday, January 2, 2021

ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग मर्जर-एक्विजिशनपछि बैंकको पूँजीमा अभिवृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव-संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताए ।

उनले कोभिड-१९ को महामारीमा पनि बैंकहरुले आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलार्ई निरन्तररुपमा सेवा दिएको बताउँदै यसले बैंक तथा वित्तीय संस्थाप्रति आमजनमानसको विश्वास बढेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरुको संकटको सारथी बनेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको दावी गरे ।

‘मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ,’ उनले भने ।

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड नेपाल लगायत विभिन्न नियमनकारी निकायहरु, ग्राहकवर्ग तथा सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकप्रतिको निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभारसमेत व्यक्त गरे ।