पछिल्लो १०–१५ बर्ष यता बैंकहरुले डिजिटल बैंकिङ्गमा उल्लेखिय कार्य गरेका छन । अझ कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछिको लकडाउनका कारण यसको प्रयोग ह्वात्तै बढेको छ । त्यसैले पनि बैंकहरुले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन । सबैले डिजिटल बैंकिङ्गलाई आवश्यकता पर्ने न्युनतम सेवा सुविधाहरु जस्तै अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ मेसिन, क्युआर कोड पे लगायतका सेवा सेवाहरु उपलब्ध गराएका छन् । तर, अझै पनि कहीँ कतै आम मानिसहरुले यसप्रति विश्वास गरिहाल्ने वातावरण भने बनीसकेको देखिँदैन । बैंकहरुले जुन रुपले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन, सोही अनुरुप यसको विस्तार र विकास हुन् सकिरहेको छ त ? के बैंकहरुले शहरका मात्र नभई ग्रामिणका ग्राहकहरुलाई पनि समेट्न सकेका छन त ? यस्तै खाले विषयहरुलाई समेट्दै करिव २२ लाख बढि ग्राहकहरुको विश्वास जितेको नेपालको सबल बैंक एनआईसी एशियामा जिटल मार्केटिङ्ग प्रमुख भूमिकामा कार्यरत बिनय खड्कासँग गरेको कुराकानीः
डिजिटल मार्केटिङ्गलाई डिजिटल बैंकिङ्गसँग जोड्दा, डिजिटल बैंकिङ्गलाई कसरी बुझिन्छ ?
यतीबेला डिजिटल बैंकिङ्ग भन्ने शब्द निकै लोकप्रिय बनेको छ । डिजिटल बैंकिङ्ग भनेको यथास्थीतीमा गरिने बैंकिङ्ग कारोबार नै हो । तर, यसमा सबै कार्यहरु भने अनलाईनमार्फत गरिन्छ । अहिले आम मानिसले बझ्ने भनेको मोवाईल वालेटहरु, अनलाईन पेमेन्ट, डेबिट–क्रेडिट कार्ड, इनटरनेट बैंकिङ्ग लगायतका बैंकिङ्ग सेवाहरु मात्रै हुन् । तर डिजिटल बैंकिङ्ग यतीमा मात्रै सिमित छैन । ग्राहकहरुलाई डिजिटल बैंकिङ्गसँग जोड्नुभन्दा पहिला उनीहरुलाई बैंकिङ्गसँग जोड्न जरुरी हुन्छ । त्यसपश्चात ‘अनबोर्डिङ’ पनि अनलाईमार्फत हुनुपर्ने हुन्छ । जस्तै अहिले एनआईसी एशियाले बैंकमा नगद जम्मा गर्न होस या कर्जा लिन यी सबै कारोबारहरु अनलाईबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । यो पनि बैंकिङ्ग कारोबार नै हो तर यो अनलाईनमार्फत गरिने भएकाले यसलाई डिजिटल बैंकिङ्ग भनिएको हो । यसलाई तिन खण्डमा व्याख्या गर्न सकिन्छ । पहिलो आम मानिसलाई बैंकमा आवद्ध गराउने । दोस्रो खण्डमा ग्राहाकहरुलाई बैंकिङ्ग सेवाहरु जस्तै भुक्तानी गर्ने, नगद आदन–प्रदान गर्र्ने, झिक्ने अथवा जम्मा गर्ने आदी अनलाईनमार्फत गर्न सकिने व्यवस्था मिलाउने। त्यस्तै तेस्रो खण्डमा बैंकले उपलब्ध गराउने सेवाहरु जस्तै मोवाइल बैंकिग, कार्ड पेमेन्ट, क्युआर तथा पिओएस पेमेन्ट, ई कमर्स पेमेन्ट गेटवे, अनलाईन कर्जा तथा निक्षेप संकलन लगायतका सुविधाहरु अनलाईनमार्फत गराउने । यी तीन खण्डको समिश्रण नै डिजिटल बैंकिङ्ग हो ।
यसको प्रयोगबाट आम ग्राहकहरुले पाउने सुविधाहरु के–के हुन ?
सेवाग्राहीले यसको प्रयोगबाट पाउने सुविधाहरु कयौं छन् । जस्तै, कतै रकम भुक्तानी (युटिलिटी पेमेन्ट) गर्नु परेको खण्डमा सहजै रुपमा, घरमै बसी–बसी भुक्तानी गर्न सकिन्छ । क्यु आर मार्फत वा कार्ड मार्फत ग्राहकहरुले सजिलै भुक्तानी गर्न सक्नेछन् । यस्तै सुविधाहरुको अर्को पाटो भनेको ‘जेनेरल बैंकिङ्ग सर्विस’ हरु जस्तै चेक प्रिन्ट गराउने, बैंक विवरण, बैंक ग्यरेन्टी, एल.सी., नगद जम्मा तथा भुक्तानी गराउने जस्ता सेवाहरुलाई अनलाईमार्फत उपलब्ध गराउने हो । एनआईसी एसिया बैंकले पनि यस्ता सेवाहरु सेवाग्राहीलाई दिइरहेको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा तथा भुक्तानीका लागि लाइनमा बस्नु नपरोस भनरे ‘आई सर्भ’ तथा ‘स्मार्ट टेलर’ सेवा दिइराखेका छौं । ‘आई सर्भ’ बाट सेवाग्राहीले घरबाटै आफुलाई पाएक पर्ने शाखमा नगद जम्मा गर्न सक्दछन् । यसबाट कसैले टोकन लिई लामो लाईन बस्नुपर्ने बाध्यता हुने छैन । ‘स्मार्ट टेलर’ सेवामा सेवाग्राहीले चेकको प्रयोगबिनै ‘क्यु आर स्क्यान’ गरी तुरुन्तै पैसा निकाल्न सक्दछन् ।
डिजिटल बैंकिङ्गको प्रोत्सानका लागि एनआईसी एशिया बैंकले कस्तो रणनिति बनाएको छ ?
एनआईसी एशिया बैंकलाई हामीले ‘डिजिटल फष्र्ट’ बैंकको रुपमा प्रचार (ब्रान्डिङ्ग) गर्दै छौँ । यो भनेको सेवाग्राहीको पहिलो रोजाईमा अनलाईनमार्फत पाइने सेवाहरु परुन् भन्ने हो । हालसम्म हाम्रो बैंकमा २२ लाख बढि सेवाग्राहीहरु छन् । त्यसमध्य करिब १२ लाखले अनलाईनमार्फत (डिजिटल्ली) कारोबार गर्छन् । यसको शंख्या अझै बढाउनको लागि हामीले ‘डिजिटल फष्र्ट’को अवधारणालाई अगाडी सारेका छौँ । फलस्वरुप जम्मा कारोबारमध्य करिव ७५ प्रतिशत अनलाईनमार्फत (डिजिटल) माध्यमबाट गरिरहेका छौं। निकट भविष्यमा यसलाई ९० प्रतिशत पुर्याउने हाम्रो योजना छ ।
स्मार्ट फोन तथा इन्टरनेट पहुँचवालाले त सजिलै सेवा लिन सक्लान नभएकाले के गर्ने ?
यस्ता सेवाग्राहीको लागि एनआईसी एशिया बैंकले ‘युएसएसडी बैंकिङ्ग’ को सुविधा ल्याउने तयारी गर्दैछ । यसमा सेवाग्रहीले स्मार्ट फोन नभएपनि जस्तोसुकै मोबाइलको माध्यमबाट पनि कुनै निश्चित नम्बरको माध्यमबाट डिजिटल बैंकिङ्गमा जोडिन सक्नेछन् । यस्तै बैंकले ‘मिस्डकल बैंकिङ्ग’ सेवा पनि सेवाग्राहीलाई दिइरहेको छ । यसमा खातावालाले निश्चित नम्बरमा मिस्डकल गरेर ब्यालेन्स चेक गर्ने, पछिल्ला कारोबारको जानकारी लिन सक्नेछन् । यस्ता सेवाहरुले हामीलाई अलिक फरक बनाएको छ । यतीमात्र नभई हामीले ग्राहकहरुलाई थप सक्षम बनाउनको लागि वित्तिय ज्ञान प्रवाह पनि गर्दै आइरहेका छौँ ।हामीले यसमा समान्य नेपालीले पनि डिजिटल सेवाहरु पाउन सक्नेगरी पूर्वाधारहरु पनि तयार गर्दै छौँ ।
आम प्रयोगकर्ताहरु कति सुरक्षीत छन त ?
बैंकले कुनै पनि सिस्टम राख्दात्यसलाई राम्रोसँग परीक्षण गरेर राख्दछ । यो आम सेवाग्राहीको विश्वास सँग र लगानीसँग जोडिएको छ । यस्ता समस्याहरुको समाधानका लागि हाम्रो बैंकमा छुट्टै ‘इनफरमेसन सेक्युरिटी’ विभाग खडा गरेका छौं । हरेक सुविधा उपलब्ध गराउनुअघि ‘भिएपिटी’ जस्ता अन्य सुरक्षा मापदण्डहरु परिक्षण गराउँछौँ । यसो गर्दा हामी थप सुरक्षीत बन्ने छौँ । त्यस उप्रान्त बैंकले पालना गर्नुपर्ने अन्य सुरक्षाका मापदण्ड पुरा गरीरहेका छौं । यसमा फेरि बैंकमात्रै सुरक्षित बनेर पुग्दैन । प्रयोगकर्ताहरुले पनि ध्यान दिनुपर्ने कुराहरु थुप्रै छन् । आफ्नो पिन प्रयोग गर्दा अथवा पिन परिवर्तन गर्दा, कारोबार गर्दा प्रयोगकर्ताहरुले अत्यान्तै ध्यान दिनुपर्ने हुन्छ । अन्यथा हामी सुरक्षीत नै छौँ ।
डिजिटल बैंकिङ्ग कारोबारमा एनआईसी एसिया बैंक नै किन ?
हामीले सेवाग्राहीलाई डिजिटल बैंकिङ्गतर्फ आकर्षित गर्न विभिन्न अभियानहरु संचालन गर्दै आएका छौं । यसमा थुप्रै अफरहरु पनि छन् । पछिल्लो हप्तामात्रै हामीले ह्याप्पीआवर अभियान सम्पन्न गर्यौ जसमा हामीले ७१ हप्तासम्म शुक्रबार बेलुकी ८ बजे देखि शनीवार बिहान ८ बजे सम्म डिजिटल कारोबार गर्दा ५ प्रतिशतसम्म क्यासब्याकको अफर दियौ । अहिले हामीले सुपर सिक्स अभियान संचालन गरीरहेका छौं । भाटभटेनी र अन्य मर्चेन्टहरु एवम् मोबाइलवालेटहरुसँग सहकार्य गर्दै सेवाग्राहीलाई थुप्रै डिस्काउन्टका सुविधाहरु उपलब्ध गराएका छौँ । यसमा अझै गम्भीर भएर हिसाबै गर्ने हो भने अनलाईनमार्फत कारोबार गर्ने हाम्रो बैंकका ग्राहकहरुले वार्षिक ३० हजार रुपैयाँ सम्मको बचत गर्न सक्छन । यस्तै खाले विभिन्न अफरहरु र आकर्षक सेवाले गर्दा एनआईसी एसिया बैंकलाई फरक र थप अब्बल बनाएको साबित हुन्छ ।
यसको प्रोत्सानको लागि के गर्नुपर्ला जस्तो लाग्छ ?
मेरो विचारमा बैंकहरुले डिजिटल सुविधाहरुको बारेमा जानकारी र सचेतना बढाउँन आवश्यक छ । कोभिडको माहामारी शुरु भएयता शहरी क्षेत्रमा डिजिटल बैंकिङ्ग सुविधाहरुको प्रयोग ह्वात्तै बढेको छ । यसरी नै यसको प्रयोग निरन्तर बढाउँन सकियो भने डिजिटल बैंकिङ्गले नेपालमा छिट्टै फड्को मार्ने विश्वास गरेको छु । यसमा नियमनकारी निकाय राष्ट्र बैंकले पनि थप पहल गर्नु अत्यन्तै जरुरी देखिन्छ ।
प्रतिक्रिया