यी हुन् नेपालमा वाणिज्य बैंकहरुले गरेका ठुला मर्जरहरु  

यी हुन् नेपालमा वाणिज्य बैंकहरुले गरेका ठुला मर्जरहरु  


सुरेश शर्मा, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले बि.सं. २०६८ (सन् २०११) मा मर्जरको अवधारणा अघि सार्दै बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहित गर्यो । केन्द्रीय बैंकको निर्देशनको पालना गर्दै नेपालमा बिभिन्न वाणिज्य बैंकहरुले मर्जरको बाटो अप्नाएका छन् । हालसालै भएको ग्लोबल आइएमई बैंक र जनता बैंक बीचको सफल र ठुलो मर्जर पछि नेपालमा वाणिज्य बैंकहरुको संख्या २७ पुगेको छ । यद्यपि बैंकहरुलाई यस्ता ठुला मर्जरहरु सफल पार्न बिभिन्न कठिनाईहरु आएको देखिन्छ । त्इसैे राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तिय संस्थाहरुको लागि प्याकेजहरुको पनि व्यवस्था गरेको छ । 

बैंकिङ्ग क्षेत्रका ठुला तथा सफल मर्जरहरु 

 नेपालको बैंकिङ्ग प्रणालीमा हालसम्म ६ वटा मात्र यस्ता ठुला मर्जरहरु सम्पन्न भएका छन् । 
१. एनआईसी बैंक लि. + बैंक अफ एसिया लि. = एनआईसीएसिया बैंक लि.
२. प्रभु बैंक लि. + ग्रान्ड बैंक लि. = प्रभु बैंक लि.
३. ग्लोबल आइएमई बैंक लि. + कमर्स एण्ड ट्रस्ट बैंक लि. = ग्लोबल आइएमई बैंक लि.
४. प्रभु बैंक लि. + किस्ट बैंक लि. = प्रभु बैंक लि.
५. बैंक अफ काठमाडौं लि. + लुम्बिनी बैंक लि. = बैंक अफ काठमाडौं लि.
६. ग्लोबल आइएमई बैंक लि. + जनता बैंक लि. = ग्लोबल आइएमई बैंक लि.

हालसम्मकै ठुला र सफल मर्जरहरु 

वाणिज्य बैंकहरुले आक्रामक रुपमा धेरै विकास बैंक तथा वित्त कम्पनी हरुलाई आफ्नो पोल्टोमा पार्ने काम गरेका छन् । नेपाल राष्ट्र बैंकले बैंकले मर्जरका लागि बैंकहरु लाई प्रोत्साहन गरेपछि नेपालको बैंकिङ इतिहासमा विभिन्न २० वाणिज्य बैंकहरुले अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जरको प्रक्रिया पुरा गरेका छन् । 
१ ग्लोबल आइएमई बैंक 
आइएमई फाईनान्स  + लर्ड बुद्द फाईनान्स  + सोसल विकास बैंक  + गुल्मी विकास बैंक + कमर्स एण्ड ट्रस्ट बैंक  + प्यासिफीक डेपलपमेन्ट बैंक  + रिलाएवल डेपलपमेन्ट बैंक  + हाथवे फाईनान्स  + जनता बैंक

२. एनसिसि बैंक 
एनसिसि बैंक +पूर्वाधार विकास बैंक  + एपेक्श डेपलपमेन्ट बैंक  + सुप्रिम डेपलपमेन्ट बैंक  + इन्टरनेश्नल डेपलपमेन्ट बैंक 

३. प्रभु बैंक
प्रभु फाईनान्स  + समबृद्दि विकास बैंक  + वैभब फाईनान्स  + किष्ट बैंक  +गौरिशंकर डेपलपमेन्ट बैंक  + जेनीथ फाईनान्स  + ग्रान्ड बैंक 

४. सिभिल बैंक 
सिभिल बैंक  + एक्सिस डेपलपमेन्ट बैंक  + सिभिल मर्चेन्ट वित्तिय संस्था  + इन्टरनेश्नल लिजीङ एण्ड फाईनान्स कम्पनी  + युनिक फाईनान्स  + हामा मर्चेन्ट एण्ड फाईनान्स 

५. एनएमबी बैंक लि.
एनएमबी बैंक  + पाथिभरा विकास बैंक  + भृकुटी विकास बैंक  + क्लिन ईनर्जी डेपलपमेन्ट बैंक  + प्रुडेन्सियल फाईनान्स  + ओम डेपलपमेन्ट बैंक 

६. सेन्चुरी कमर्सियल बैंक 
सेन्चुरी कमर्सियल बैंक  + ईनोभेटिभ डेपलपमेन्ट बैंक  + अरनिको डेपलपमेन्ट बैंक  + सगरमाथा फाईनान्स  + सेती फाईनान्स  + अल्पाईन डेपलपमेन्ट बैंक 

७. कुमारी बैंक 
काष्ठमण्डप डेपलपमेन्ट बैंक  + महाकाली विकास बैंक  + काक्रेबिहार विकास बैंक  + पश्चिमान्चल फाईनान्स  + देव विकास बैंक 

८. सिटिजन्स बैंक इन्टरनेश्नल 
सिटिजन्स बैंक इन्टरनेश्नल  + नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाईनान्स  + पिपुल्स फाईनान्स  + प्रिमियर फाईनान्स

९. लक्ष्मी बैंक 
लक्ष्मी बैंक  + हाईसेफ फाईनान्स  + प्रोफेसनल दियालो विकास बैंक 

१०. सनराईज बैंक 
सनराईज बैंक  + नारायणी नेश्नल फाईनान्स  + एनआईडिसी क्यापिटल मार्केट 

११. प्राईम कमर्सियल बैंक 
प्राईम कमर्सियल बैंक  + विराटलक्ष्मि विकास बैंक  + कन्ट्री (Country) डेपलपमेन्ट बैंक  + कन्काई विकास बैंक  + कैलास विकास बैंक 

१२. नेपाल बंगलादेश बैंक 
नेपाल बंगलादेश बैंक  + एनबी फाईनान्स  + नेपाल श्रिलंका मर्चेन्ट फाईनान्स
 
१३.सिद्धार्थ बैंक 
सिद्धार्थ बैंक + बिजनेश युनिभर्सल डेपलपमेन्ट बैंक 

१४. बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू  + लुम्बिनी बैंक 

१५. माछापुच्छ्रे बैंक 
माछापुच्छ्रे बैंक + स्ट्याण्डर्ड फाईनान्स 

१६. एनआईसी एसिया बैैंक 
एनआईसी बैैंक  +  बैंक अफ एसिया 

१७. मेघा बैंक नेपाल 
मेघा बैंक नेपाल  +  पश्चिमान्चल डेपलपमेन्ट बैंक  +  टुरिजम डेपलपमेन्ट बैंक  +  गण्डकी विकास बैंक 

१८. सानिमा बैंक 
सानिमा बैंक  +  बाग्मती डेपलपमेन्ट बैंक 

१९. नेपाल इन्भेष्टमेन्ट बैंक 
नेपाल इन्भेष्टमेन्ट बैंक + एस डेपलपमेन्ट बैंक + जेबिल्स फाईनान्स 

२०. राष्ट्रिय वाणिज्य बेंक 
एनआईडिसी डेपलपमेन्ट बैंक

ग्लोबल आइएमई बैंक सँग गाभिनु भन्दा पहिले जनता बैंकले त्रिवेणी डेपलपमेन्ट बैंक  र सिद्दार्थ डेपलपमेन्ट बैंक आफुसँग गाभेको थियो ।

मर्जर तथा अधिग्रहण प्रक्रियामा नगएका वाणिज्य बैंकहरु 

धेरै वाणिज्य बैंकहरुले अन्य बैंक तथा वित्तिय संस्थालाई आफुमा गाभ्ने प्रकृया अपनाए, यद्दपि नेपालमा अहिले पनि निम्न सात बैंकहरुले कुनै बैंक तथा वित्तिय संस्थालाई आफुमा गाभेका छैनन् ।
१. कृषि विकास बैंक 
२. एभरेष्ट बैंक 
३. नबिल बैंक 
४. नेपाल बैंक 
५. नेपाल एसबीआई  बैंक
६. स्ट्याण्डर्ड चाटर्डड बैंक 
७. हिमालयन बैंक