महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा कम्प्युटर चोरी


काठमाडौं – कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा कम्प्युटर चोरी भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत केन्द्रमा कम्प्युटर चोरी भएको जानकारी दिएका हुन्।

उनका अनुसार बिहान उज्यालो हुनुअघि चोर केन्द्रको झ्यालबाटभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएका हुन्। चोरीको घटनासम्बन्धी गतिविधि केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ।

उक्त भिडियो सार्वजनिक गर्दै मन्त्री पुनले घटनाबारे जानकारी गराएका छन्।