सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स


काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै कर तिरेको भन्दै सरकारले कम्पनीलाई सम्मान गरेको हो ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीलाई सम्मान गरेको हो । विभागले आर्थिक वर्षमा गरेको कर योगदान, कारोबारको प्रकृति र क्षेत्रगत सहभागिताका आधारमा सम्मान गरेको हो।