प्रि ओपन सेसनमा करिब ९ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से८.८३ अंकले घटेर बन्द भएको छ। यस सेसन भरिमा ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच भएको छ।

आज ९५ कम्पनी कारोबारमा आउँदा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, २९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।