सबैभन्दा बढी कर तिर्ने जीवन बीमा कम्पनी बन्यो एलआईसी नेपाल


काठमाडौं – सरकारलाई धेरै कर बुझाए बापत लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल सम्मानित भएको छ । बीमा क्षेत्रबाट धेरै कर बुझाएको भन्दै एलआइसी नेपाललाई सरकारले सम्मान गरेको हो ।

सरकारले कर दिवसको उत्कृष्ट करदाताको रुपमा कम्पनीलाई सम्मान गरेको छ । विभागले आर्थिक वर्षमा गरेको कर योगदान, कारोबारको प्रकृति र क्षेत्रगत सहभागिताका आधारमा सम्मान गरेको हो।