काठमाडौं – आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने २० संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। विभागले आर्थिक वर्षमा गरेको कर योगदान, कारोबारको प्रकृति र क्षेत्रगत सहभागिताका आधारमा उनीहरूलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा बैंकिङ्ग, बीमा, रेमिट्यान्स, ऊर्जा, पर्यटन, सूचना प्रविधि, उद्योग, वस्तु व्यापार तथा निर्यात क्षेत्रका संस्थाहरू रहेका छन्। व्यक्तिगततर्फ सबैभन्दा बढी कर दाखिला गर्ने राजबहादुर साह सम्मानित भएका छन्।
विभागबाट सम्मानित हुने संस्था तथा व्यक्ति निम्न छन्:
सबैभन्दा बढी कर दाखिला गर्ने संस्था: सूर्य नेपाल
एकलौटी व्यवसाय: थर्ड आई
सूचना प्रविधि क्षेत्र: थिन्थाई नाइट सर्भिस
वस्तु निर्यात: डाबर नेपाल
कृषि तथा पशुपन्छी क्षेत्र: ओसिबी फुड्स एन्ड सिड्स
बैंकिङ्ग क्षेत्र: नबिल बैंक
स्वास्थ्य तथा शैक्षिक क्षेत्र : नोबेल मेडिकल कलेज
पर्यटन क्षेत्र : सोल्टी होटल
वस्तु व्यापार : सिजी इम्पेक्स
५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने संस्था : फुड एन्ड बेभरेज रिसर्च सेन्टर प्रालि
ऊर्जा क्षेत्रः भोटेकोशी पावर कम्पनी प्रालि
रेमिट्यान्स क्षेत्र : आईएमई
व्यक्तिगत करदाता : राजबहादुर साह
नियमित कर सहभागिता गर्ने संस्था : हिमालयन डिस्टिलरी लिमिटेड
५० करोड रुपैयाँसम्म कारोबार गर्ने संस्था : इम्पेरियल सेक्युरिटी
विशेष उद्योग: वरुण बेभरेज नेपाल प्रालि
जीवन बीमा क्षेत्र : एलआईसी नेपाल
निर्जीवन बीमा क्षेत्र : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
लघुवित्त क्षेत्र : छिमेक लघुवित्त वित्तीय संस्था
विशेष सम्मान : भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर
विभागले करदातालाई सम्मान गर्नुको उद्देश्य कर अनुपालनलाई प्रोत्साहन गर्नु, कर सहभागिता बढाउनु र करदातामैत्री वातावरण निर्माण गर्नु रहेको जनाएको छ। कर दिवसका अवसरमा गरिएको सम्मानले विभिन्न आर्थिक क्षेत्रका संस्था तथा व्यक्तिलाई नियमित र जिम्मेवार कर सहभागिताका लागि थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।





About Us
प्रतिक्रिया