जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा कमाए १ अर्ब ७४ करोड नाफा


काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब बढी नाफा आर्जन गरेका छन् । कम्पनीहरूले कुल १ अर्ब ७४ करोड ३९ लाख खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा कम हो । गत वर्षको पहिलो त्रैमासमा जीवन बिमकहरूले १ अर्ब ९६ करोड ६९ लाख खुद नाफा कमाएका थिए ।

सञ्चालनमा रहेका १४ वटा कम्पनी मध्ये ४ कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले पहिलो त्रैमासमा २४ करोड ४९ लाख खुद नाफा कमाएको छ । यस्तै, दोस्रोमा रिलायबल नेपाल लाइफले २२ करोड ९० लाख खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा भने कम हो । तेस्रो स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्सले १६ करोड १३ लाख नाफा कमाएको छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ३५ लाख सीमित भएको छ । साथै, सानिमा रिलायन्स लाइफले १५ करोड २ लाख नाफा आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नाफा वृद्धि गर्दै ९ करोड ३० लाख आम्दानी गरेको छ ।

यस अवधिमा १० वटा कम्पनीको नाफा घटेको छ । नाफा घटेको कम्पनीमध्ये आइएमई लाइफले १४ करोड १२ लाख, नेसनल लाइफले १२ करोड ५६ लाख, सूर्यज्योति लाइफको घटेर १० करोड २९ लाख, र सिटिजन लाइफको नाफा १० करोडमा सिमित भएको छ । साथै, हिमालयन लाइफको नाफा घटेर ९ करोड ९० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) को नाफा ९ करोड ६९ लाखमा झरेको छ । यता मेट लाइफको नाफामा अत्यधिक गिरावट आएको छ । कम्पनीको नाफा ५ करोड २३ लाखमा खुम्चिएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६५ लाख ४५ हजार खुद नोक्सानीमा ब्यहोरेको छ ।

Skip This