काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंकलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको छ। बैंकलाई बोर्डले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको हो।
बोर्डले कात्तिक १७ गते हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिएको हो। बोर्डको स्वीकृतिसँगै बैंकले आफ्ना शेयरधनीहरूलाई १.०.५० को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।
बैंकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउनेछ। बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।





About Us
प्रतिक्रिया