काठमाडौं- बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा प्रतिवादी दिक्षान्त बाँनिया पक्राउ परेका छन्। मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–१८ निवासी बाँनियालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० बाट खटिएको टोलीले रुपन्देहीबाट पक्राउ गरेको हो।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दिक्षान्त बाँनिया प्रतिवादी रहेको बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटन, हरिहरभवन, ललितपुरबाट पक्राउ अनुमति जारी भएको थियो।
पक्राउ परेका बाँनियालाई चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया