काठमाडौं – इम्पेरियल इनोभेसन फण्डले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कोष व्यवस्थापकको अनुमति पाएको छ । कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत सेबोनबाट अनुमति पाएको हो ।
कम्पनीको अध्यक्ष अम्बिका प्रसाद पौडेल रहेका छन् भने प्रबन्ध सञ्चालक बोधराज देवकोटा रहेका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिज एन्ड इन्टरप्रेनर्सका अध्यक्ष भागीरथ सापकोटा र शिव सिंह कार्की आबद्ध छन् ।
त्यस्तै, स्वतन्त्र सञ्चालकका रूपमा बैंकिङ्ग क्षेत्रमा लामो अनुभव हासिल गरेकी सबिना राना छिन् ।






About Us
प्रतिक्रिया