सर्लाहीबाट चोरीमा संलग्न जुनेद अंसारी र रियाज अंसारी पक्राउ


सर्लाही– चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत घर भएका २५ वर्षीय जुनेद अंसारी र २८ वर्षीय रियाज अंसारी रहेका छन्।  

सर्लाहीको हरिवन नगरपालिका– ११ हरिवन बजारस्थित रिद्धि सिद्धि ज्वेलर्स पसलमा बुधवार बिहान चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

साथै, प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहनाहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।