काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (असाेज १६) बैंकिङ्ग प्रणालीबाट १८ अर्ब खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले १ महिनाको लागि१८ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने बताएको हो।
राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी कात्तिक १३ गते हुने बताएको छ। बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया