आजदेखि गभर्नर पौडेलको हस्ताक्षर भएको हजारको नयाँ नोट बजारमा, के– के छन् विशेषता ?

'राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र'


काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागका अनुसार आज बिहीबारदेखि एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको हो।

नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ। चलनचल्तीमा ल्याइने एक हजारको नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर९२०००००१ देखि ५०९९९९९९ रहेको छ।

यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।