नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। सो दिन नेप्सेमा ग्लोबल आइएमई बैंक र नेपाल ल्युब आयल लिमिटेडको मूल्य समायोजन भएको हो।

ग्लोबल आइएमई बैंक लिमिटेडको ४ प्रतिशत बोनस शेयर र नेपाल ल्युब आयल लिमिटेडको १५ प्रतिशत बोनस शेयर समायोजन भएको छ। ग्लोबल आइएमई बैंकको अन्तिम कारोबार मूल्य २६०.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको शेयर मूल्य २५०.८७ रुपैयाँ कायम भएको छ।

त्यस्तै, नेपाल ल्युब आयलको शुक्रबार अन्तिम कारोबार मूल्य २७७.४० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको शेयर मूल्य २४१.२२ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर यी दुवै कम्पनीको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्नेछन्।