काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा चालु खाता ९४ अर्ब बढी रुपैयाँले बचतमा रहेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले ९४ अर्ब ५९ करोड रुपैयाँ बढीले बचतमा रहेको देखाएको हो।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। यसैगरी, समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६९ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमाशोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोडले बचतमा रहेको छ।






About Us
प्रतिक्रिया