नेप्सेमा करिब १२ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ४९ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ११.९३ अंकले बढेर बजार २६ सय २४ दशमलव ३६ अंकमा पुगेर बन्द भएको छ। आज ३३९ कम्पनीको ५ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३६ लाख कित्ता शेयर किनबेच भएको छ।

आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८३ कम्पनीको ८३ शेयर मूल्य घटेको छ। यससँगै १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।आज सिद्धार्थ बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको २७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी धौलागिर लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.४३ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.४४ प्रतिशतका दरले कमाएका छन्। यससँगै, आज सबैभन्दा बढी गुमाउनेमा हाथवे इन्भेष्टमेन्टका लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज २.९७ प्रतिशतका दरले गुमाएका छन्।