काठमाडौं – नेपाल राष्ट्र बैंकको एटिएमबाट १०० को नोट पनि झिक्न मिल्ने व्यवस्था मिलाउन बैंकहरुलाई पत्राचार गरेको छ । केन्द्रीय बैंकले पत्र लेखेर नै बैंकहरुलाई एटिएमबाट एक हजार ५०० को नोटसँगै १०० को नोट पनि झिक्न मिल्ने व्यवस्था मिलाउन भनेकाे हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बैंकहरुलाई पत्राचार गर्दै चाडपर्व लक्षित एक सयको नोट पनि सहजै उपलब्ध गराउन आग्रह गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार हाल बैंकहरुले दुई किसिमको नोट मात्रै एटिएमबाट दिँदै आएपनि बैंकहरुसँग भएको एटिएममा थप नोट झिक्न मिल्ने क्षमता छ । बैंकको शाखामा हुने भिडभाड पनि कम गर्न राष्ट्र बैंकले यस्तो नीति लिएको हो ।
साना तथा खुद्रा दरको नोटमा सहजीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था मिलाउन भनेको हो ।






About Us
प्रतिक्रिया