काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन मंगलबार बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.२४ अंकले बढेर बजार २५ सय २२ दशमलव ६६ को बिन्दुमा कायम भएको छ। त्यससँगै कारोबार रकम घटेर २ अर्ब ८९ करोड ८५ लाखको शेयर कारोबार भएको छ। त्यस्तै, ७६ लाख २ हजार कित्ता शेयर कारोबार भएको छ।
आज ३४१ कम्पनी कारोबारमा आउँदा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी माथिल्लो मैंलुङ खोला जलविद्युतका लगानीकर्ता कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.१५ प्रतिशतका दरले कमाएका हु्न्। त्यस्तै, एमबिएल इक्विटी फण्डका लगानीकर्ताले ५.८८ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा उपकार लघुवित्तका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया