नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०४ अंकले घटेर बजार २५ सय ५७ दशमलव ३१ को बिन्दुमा झरेको छ। त्यससँगै कारोबार रकम घटेर ३ अर्ब ७८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ।

आज ३४८ कम्पनी कारोबारमा आउँदा १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल एसबिआई बैंकको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, घोराही सिमेन्टको ८.१९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीको लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै त्रिशूली जलविद्युत्का लगानीकर्ता ९.२३ प्रतिशतका दरले गुमाएका छन्।