काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मिना पाण्डे बढुवा भएकी छिन् । मानव संसाधन व्यवस्थापन विभागले निर्देशक पाण्डेलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।
बैंकमा प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पदसंख्या १ पूर्ति गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतहरूमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियमअनुसार निर्देशकलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । हाल उनी बैंक सुपरिवेक्षण विभागमा नै कार्यरत थिइन् ।
सरकारले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा कार्यरत दीर्घ बहादुर रावललाई डेपुटी गभर्नर पदमा नियुक्त गरेसँगै एक कार्यकारी निर्देशक पद रिक्त थियो ।






About Us
प्रतिक्रिया