नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७७ करोड माथि


काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.९२ अकंले घटेर २५५८.३५ बिन्दुमा कायम भएको छ। आज ३४८ कम्पनीको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो।

आज चिलिमे हाइड्रोको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा मिडिल तमोरको १९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। शाहस उर्जाका् १६ करोड १३ लाख रुपैयाको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। अपर हेवाखोलाका लगानीकर्ताले १० दशमलव ४३ प्रतिशतका दरले कमाएका छन्।

एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्।