प्रि ओपन सेसनमा करिब ३ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९५ अंकले घटेर बन्द भएको छ। यस सेसनमा ९ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ३५ हजार कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै ११ कम्पनीको शेयर मू्ल्य स्थिर देखिएको छ।