काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ महिनाका लागि ८५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रको तरलता व्यवस्थापनका लागि ६ महिनाका लागि ८५ अर्ब संकलन गर्न लागेको हो ।
यस निक्षेपको ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ माघ २९ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंंकले जनाएको छ ।






About Us
प्रतिक्रिया