प्रि ओपन सेसनमा ०.३५ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.३५ अंकले बढेको छ। आज यस सेसनमा १ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ४५ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा ८० कम्पनी कारोबारमा आउँदा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेसँगै १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।