प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.५८ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा १ करोड ३४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज २२ हजार ५७६ कित्ता शेयर किनबेच भएको छ।

आज ६० कम्पनीको शेयर कारोबार हुँदा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २५ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको।