काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.३७ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३४४ कम्पनी कारोबारमा आउँदा १०१ कम्पनीको शेयर मूल्य बढ्दा माउन्ट एभरेष्ट पावर, सर्वोत्तम पेन्ट्स, खानीखोला हाइड्रोपावर, फस्र्ट फाइनान्स लघुवित्त र विकास हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि आएको छ।
माउन्ट एभरेष्ट पावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले १४.९९ प्रतिशत, खानीखोला हाइड्रोपावरको १०.०९ प्रतिशत, फस्र्ट फाइनान्स लघुवित्तको ६.९६ प्रतिशत र विकास हाइड्रोपावरको ६.८६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा सुपर खुदी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.८३ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया