काठमाडौं – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालको सम्पत्तिमाथि छानबिन भइरहेको बताउँदै लकर बन्द राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो।
अख्तियारले गंगा दाहाल र उनका श्रीमान् जीवन आचार्यको सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको हो। अख्तियारले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई लकर बन्द राख्न पत्राचार गरेको छ।
बैंक तथा वित्तीय संस्थामा गंगा र जीवनको नाममा लकर खोलिएको भए उक्त लकरबाट सामान झिक्न नपाउने गरी रोक्का राखी सम्बन्धित बैंकले सोको जानकारी आयोगमा गराउनका साथै आयोगबाट लकर फुकुवाको पत्र प्राप्त भए पश्चात् मात्र फुकुवाको व्यवस्था मिलाउनको लागी सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूमा पत्राचार गर्न आग्रह गरेको हो।
यस्तै, अख्तियारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको शासन कालमा स्वकीय सचिव रहेका भानु देउवाको सम्पत्तिमाथि पनि छानबिन प्रक्रिया अघि बढाएको छ।








About Us
प्रतिक्रिया