गभर्नरसँग भेटेर मिस नेपाल ढकालले भनिन्, ‘जीवनभन्दा ठूलो ऋण कहिल्यै हुँदैन’


काठमाडौं – मिस नेपाल दीपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेकी छिन् । उनले गभर्नर पौडेलसँग वित्तीय संकट र त्यसले मानवीय जीवनमा पार्ने असरबारे छलफल भएको बताइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो ऋण कहिल्यै हुँदैन। ऋणको समाधान खोज्न सकिन्छ । एउटा जीवनको विकल्प खोज्न सकिँदैन।’ यस्तै ढकालले

ऋणको बोझ र आर्थिक दबाबले कहिलेकाहीँ युवाहरूको जीवन नै अत्यधिक प्रभावित हुने अवस्था सिर्जना गर्ने उनको भनाइ छ । यही कारणले वित्तीय साक्षरता, सहज रूपमा उपलब्ध वित्तीय सहायता, आर्थिक अवसर र संवेदनशील तथा मानवीय नीति निर्माण अत्यन्त महत्वपूर्ण रहेको मिस नेपाल ढकालको भनाइ छ ।