काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.७९ अंकले बढेसँगै पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।
आज कारोबारमा आएका ३४० कम्पनीमध्ये १३३ कम्पनीको शेयर मूल्य बढेसँगै अप्पर लोहोरे खोला, ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८, लक्ष्मी उन्नती कोष, हिम स्टार उर्जा कम्पनी र अप्पर हेवा खोलाको शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
आज यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी अप्पर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८ को ५.९२ प्रतिशत, लक्ष्मी उन्नती कोषको ५.२७ प्रतिशत, हिम स्टार उर्जा कम्पनीको ३.७४ प्रतिशत र अप्पर हेवा खोलाका लगानीकर्ताले ३.६० प्रतिशतका दरले कमाएका छन्।








About Us
प्रतिक्रिया