काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.७९ अंकले बढेर बजार २६ सय ४१ दशमलव ८५ को बिन्दुमा बन्द भएको छ। आज ३४० कम्पनीको ४ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ५५ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको ३३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी अप्पर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८ का लगानीकर्ताले ५.९२ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी महिना लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाएका हुन्।








About Us
प्रतिक्रिया