काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० १३।८२ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनीहरुमा अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, एनआइबीएल समृद्धि फन्ड–२, एनआइबीएल स्टेबल फन्ड र सानीगाड हाइड्रो रहेका छन्।
आज अप्पर लोहोरे खोलाका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, कालंगा हाइड्रोको ४.६२ प्रतिशत, एनआइबीएल समृद्धि फन्ड–२को ४.०५ प्रतिशत, एनआइबीएल स्टेबल फन्डको २.८१ प्रतिशत र सानीगाड हाइड्रोका लगानीकर्ताले २.४६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी गुमाउनेमा एलएस होराइजन १२ का लगानीकर्ताले रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.५० प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, मेगा म्यूचुअल फन्ड–१ का लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन्।







About Us
प्रतिक्रिया