काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२० अंकले घट्दा समेत ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज कारोबारमा आएका ३४९ कम्पनीमध्ये १२६ कम्पनीको शेयर मूल्य बढ्दा एभरेष्ट कलर, सप्तकोशी डेभलपमेन्ट बैंक, माहुली लघुवित्त, श्रीनगर एग्रिटेक र सागर डिष्टिलरीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।
एभरेष्ट कलरको लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ११.७७ प्रतिशत, माहुली लघुवित्तको ७.१६ प्रतिशत, श्रीनगर एग्रिटेकको ४.१३ प्रतिशत र सागर डिष्टिलरीका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.४० प्रतिशतका दरले गुमाएका हुन्।







About Us
प्रतिक्रिया