नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ५७ करोड


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२० अंकले घटेर बजार २६ सय ८४ दशमलव ३३ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३४९ कम्पनीको ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ।

आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ११.७७ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.४० प्रतिशतका दरले गुमाएका छन्।