साताको शेयरमा ४९ अंकको गिरावट: कारोबार रकम २२ अर्ब


काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४९ अंकले घटेर बन्द भएको हो। यससँगै साताभरमा २२ अर्ब बढीको शेयर कारोबार भएको छ।

यस साता ५ दिन शेयर कारोबार हुँदा ४ दिन बजार घटेको छ भने बाँकी १ दिन मात्रै बजार बढेर बन्द भएको छ। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ३३.२८ अंकले घटेर बजार २७ सय १ दशमलव ३२ को बिन्दुमा कायम भयो। त्यस्तै, मंगलबार नेप्से ४.६४ अंकले घटेर बजार २६ सय ९६ दशमलव ६७ को बिन्दुमा बन्द भयो।

बुधबार नेप्से ७.७९ अंकले घटेर बजार २६ सय ८८ दशमलव ८८ को बिन्दुमा बन्द भएको भयो। त्यसैगरी, बिहिबार १६.२९ अंकले घटेर बजार २६ सय ७२ दशमलव ५८ को बिन्दुमा बन्द भयो। त्यसैगरी, शुक्रबार नेप्से १२.९६ अंकले बढेर बजार २६ सय ८५ दशमलव ५८ को बिन्दुमा कायम भएको छ।

कारोबार कति ?
सोमबारः ५ अर्ब ८७ करोड
मंगलबारः ४ अर्ब ६४ करोड
बुधबारः ३ अर्ब ९७ करोड
बिहिबारः ३ अर्ब ३५ करोड
शुक्रबारः ३ अर्ब ६८ करोड