साताको अन्तिम कारोबारको दिन नेप्सेमा करिब १३ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब बढी


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.९६ अंकले बढेर बजार २६ सय ८५ दशमलव ५४ को बिन्दुमा बन्द भएको छ। आज १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज ३३७ कम्पनीको ८८ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ। यससँगै ३ अर्ब ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज रिडी पावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको १७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको १५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, आज सबैभन्दा बढी बोटलस नेपाल (तराई) का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका हुन्।