काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् साउन १३ गते ३० अर्बको निक्षेप संकलन गर्ने गरेको छ । केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।
यस उपकरणको नाम नै २ महिने निक्षेप संकलन राखिएको छ । यसको ब्याजदर बोलकबोलकोमाध्यमबाट निर्धारण हुने छ भने साँवा तथा ब्याज भुक्तानी आगामी असोज १२ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने जनाएको छ ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले बताएको छ ।







About Us
प्रतिक्रिया