यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.६४ अंकले घट्दा ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३४२ कम्पनीमध्ये ९८ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिदा एभरेष्ट कलर, लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजना, याम्बालिङ हाइड्रोपावर र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ।

जसमा एभरेष्ट कलरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, लक्ष्मी उन्नति कोषको ९.१० प्रतिशत, गरिमा समृद्धि योजनाको ५.९८ प्रतिशत, याम्बालिङ हाइड्रोपावरको ४.३९ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले ३.८१ प्रतिशतका दरले कमाएका छन्। 

आज सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ५.८७ प्रतिशतका दरले गुमाएका छन्।