राष्ट्र बैंकको कारबाहीमा रिलायन्स फाइनान्स, तिरायो जरिवाना


काठमाडौं – नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्सलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात नपुगेको भन्दै कारबाही गरेको हो ।

फाइनान्सले २०८२ फागुन १० गते देखि २०८३ वैशाख ०५ गते सम्मको अवधिको लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम २ हजार ९२४ जरिवाना तिराएको हो ।