काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ बजे हुने बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका चुनौती, नीतिगत सुधारका सम्भावना तथा समग्र अर्थतन्त्रसँग जोडिएका समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुने कार्यक्रम छ।
प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुनेछन्। सरकारले पछिल्लो समय पुँजी बजार र वित्तीय क्षेत्रका नीतिगत सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा प्रधानमन्त्री आफैंले प्रमुख सरोकारवालासँग प्रत्यक्ष संवाद गर्न लागेको हो।






About Us
प्रतिक्रिया