आज नेप्सेमा यी पाँच कम्पनीका लगानीकर्ता भए मालामाल


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले बढेसँगै आज पाँच कम्पनीका लगानीकर्ता मालामाल भएका छन्। आज ३३५ कम्पनी कारोबारमा आउदा २५९ कम्पनीको शेयर मूल्य बढेसँगै श्रीनगर एग्रिटेक, सूर्यकुण्ड हाइड्रो लगायतका पाँच कम्पनीका लगानीकर्ताहरू मालामाल भएका हुन्।

आज श्रीनगर एग्रिटेक, सूर्यकुण्ड हाइड्रो, शिखर पावर डेभलपमेन्ट, रिज लाइन इनर्जी र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्। जसमा श्रीनगर एग्रिटेकका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सूर्यकुण्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावर डेभलपमेन्टको १२.५४ प्रतिशत, रिज लाइन इनर्जीको १२.०६ प्रतिशत र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले १२.०५ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, आज आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन्। फस्र्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले गुमाएका हुन्।