१५ दिनको ग्रेस अवधि

बैंकहरुले साउन १५ गतेसम्म उठेको ब्याजलाई असारकै नाफामा देखाउन सक्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुलाई राहत प्रदान गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई राहत दिएर आर्थिक वर्ष सक्किएको १५ दिनभित्र उठेको ब्याजलाई पनि सोही वर्षको आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको हो।

केन्द्रीय बैंकले संस्थाको लेखानीति बमोजिम लेखाङ्कन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये प्रोदभावी आधारमा लेखाङ्कन गरिने ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा बैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकीे रकमलाई सञ्चित मुनाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने सर्कुलरमा उल्लेख छ ।