राष्ट्र बैंकले कसैको पनि पैसा नगुम्ने गरी काम गर्छ :  गभर्नर डा. पौडेल 


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कसैको पैसा नगुम्ने गरी काम गर्ने बताएका छन् । पूर्व योजनाकार मञ्च नेपालले आयोजना गरेको डिओलग अन मनीटरी पोलिसी २०८३/८४ लाई सम्बोधन गर्दै उनले विगतमा पनि राष्ट्र बैंकले निक्षेपकर्ताको हितमा काम गर्दै आएको बताएका हुन् । 

समष्टिगत आर्थिक प्रतिवेदन, गत वर्षको मौद्रिक नीतिको कार्यान्वयन स्थिति र आगामी वर्षको नीतिमा छुट्टाउनुको कारण मौद्रिक नीतिको औचित्य जोगाउनु रहेको बताए । 

उनले गभर्नरले सबै गर्न नसक्ने भन्दै एैन र कानुनले दिएको काम मात्रै गर्ने बताए । उनले २ वर्षमा कहिँपनि ‘म्यानुपुलेट’ नभएको बताए । उनले १ वर्षमा सबै नीतिहरु ल्याउने वा ठुलो चुनौतीहरूलाई समाधान गर्न धेरै उदाहरणहरूलाई हेरेर काम गर्नुपर्ने बताए । 

उनले मौद्रिक नीतिको मुख्य काम नीतिगत दरहरूको हेरफेर भएको बताए । तरलता व्यवस्थापनमा वित्त नीतिले काम गर्नुपर्ने बताए । उनले मौद्रिक नीति भन्ने वित्तिकै पोलिसी रेट भन्ने किसिमको सूचना दिन पनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यसलाई जोड दिइएको उनको भनाई छ । ‘वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले जे काम गर्ने हो त्यसमा नै केन्द्रित भएर मौद्रिक नीति ल्याएका हौँ’ उनले भने । 

तरलता व्यवस्थापनका नीति वित्त नीतिले नै समेट्नुपर्ने उनको भनाई छ । उनले ऊर्जा क्षेत्रमा भएको लगानीलाई पनि वित्त नीतिले नै काम गरेको भन्दै यस्ता नीति आगामी दिनमा पनि लिनुपर्ने बताए । उनले मौद्रिक नीतिले कर्जाका लागि सहजीकरण मात्रै गर्न सक्ने बताए ।