काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज कारोबारमा आएका ३७१ कम्पनीहरुमध्ये १२१ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिँदा एनआइबीए ग्रोथ फण्ड, फस्र्टमाइक्रो फाइनान्स, चिरख्वा हाइड्रोपावर, पियोर इनर्जी, र माई खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।
जसमा एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, फस्र्टमाइक्रो फाइनान्सको १४.६७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको १४.३४ प्रतिशत, पियोर इनर्जीको १३.९७ प्रतिशत, र माई खोला हाइड्रोपावरको १२.५२ प्रतिशतका दरले कमाएका छन्।त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया